अध्यादेशसम्बन्धी विवाद टुंगो लागेका कारण अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा बुधबारभित्रै नयाँ मन्त्री चयन हुने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् । मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका लागि उपप्रधानमन्त्री नराख्ने रणनीति प्रधानमन्त्री देउवाले बनाएका छन् । अनुसार उपप्रधानमन्त्री राख्ने अवस्थामा काँग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना छ । उपप्रधानमन्त्री बनाउँदा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठ