काठमाडौं : राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले यो फैसला गरेको हो। हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकको संख्या, प्रतिव्यक्ति खर्च, क्वारेन्टाइनमा बस्ने व्यक्तिले ओढ्ने कम्बलको मूल्यलगायतबारे प्रमाणित प्रतिलिपि मा