कोरोनाविरुद्धको थप आठ लाख ८० हजार डोज खोप नेपाल भित्रियो

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप भित्रिएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको उक्त खोप आज बिहान कतार एयरबेजको विमानमार्फत नेपाल आइपुगेको हो ।  दोस्रो लटमा थप एष्ट्राजेनेका खोप फेब्रुअरी १४ मा आइपुग्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।...

सम्बन्धित सामग्री

एक वर्षमा एक अर्ब ३४ करोडभन्दा बढीको सिफुड नेपाल भित्रियो

काठमाडौँ – नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो। सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ। २०७८ साउनदेखि २०७९ असार […]

कोरोना महामारीमा ४ अर्बको मास्क नेपाल भित्रियो

नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो । पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएक

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।