यति बेला ‘नेपाल राष्ट्र कमजोर अवस्थामा छ’ भन्ने निर्क्योल निकाल्न सायदै कुनै सूचकांकको सहारा लिइराख्नुपर्छ । जुन स्तरमा नेपाली समाजमा अविश्वासको खाडल गहिरिँदै छ, आम निराशा छाएको छ, आर्थिक संकट र वर्गीय विभेद बढ्दो छ, भ्रष्टाचार र कुशासनको आहाल फैलिँदो छ, कानुनी राजको प्रत्याभूति छैन, राजनीतिक नेतृत्व सत्ता–सुखमा बाहेक अन्य क्षेत्रमा पूर्णतया अकर्मण्य हुँदै गएको छ ।