दूरसञ्चार र सूचना प्रविधिको उपभोग बढ्दै जाँदा सोही अनुसार राज्यले डिजिटल पूर्वाधारमा समेत लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रविधि पत्रकार मञ्चले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागीले दूरसञ्चार बजार विस्तारका लागि पनि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा राखेका हुन् । डिजिटल पूर्वाधारको अभावमा डिजिटल खाडल बढेको र त्यसले राज्यबाट प्रवाह गर्नुपर्ने सार्वजनिक सेवामा समेत असमानता देखिएको सहभागीको भनाइ छ ।