प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ८ बजेबाट करिब आधा घण्टा छलफल भएको हो ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो ।गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । काँग्रेस र माओवादीबाट २–२ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार