रेडियो जागरणका समाचार प्रमुख मास्केको मृत्यु

बुटवल। रेडियो जागरणका समाचार प्रमुख एवम बुटवलका निश्कलंक र स्वच्छ छविका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुइहप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनु भयो । रानालाई डेंगुसंगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो […]

सम्बन्धित सामग्री

डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो । २२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए।  उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

जीवनको क्यानभासमा अलौकिक रङ

हुन त कात्तिक महिना झरी पर्ने मौसम होइन । यद्यपि अनपेक्षित रूपमा सुरु भएको वर्षाले ठूलो धनजनको क्षति भइरहेको थियो । बाढीपहिरोमा परी मृत्यु हुने र बेपत्ता हुनेको सङ्ख्या पनि बढ्दै थियो । जल तथा मौसम विज्ञान विभागले वर्षाका बारेमा जानकारी गराइरहेको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कैयौँ भागमा डुबान तथा पहिरो गएको समाचार आइरहेका थिए । यस्तो बेलामा पनि हामीलाई भने घुम्ने साइत जु¥यो । यस पटक घरमा दशैँको रौनक थिएन । अतः घरै बस्ने कि कतै जाने ? परिवारमा छलफल हँुदा पोखरासम्म जाने कुरो उठ्यो । हुन त पोखरा केही पटक घुमेकै हुनाले पुग्दै नपुग्नेको तुलनामा त्यहाँ जान हुटहुटी पनि थिएन । मुस्ताङ जाने प्रसङ्ग चलेपछि भने ढिलो नगरौँ भन्ने भयो तर रेडियो सुन्दा र टेलिभिजन हेर्दा ठाउँ–ठाउँका सडक अवरुद्ध भएका खबरले मुटुको धड्कन बढिरहेको थियो । हाम्रो योजना सुनेर आमाले भन्नुभयो, “हैन हौ छोरी ! यस्तो समयमा कसरी हिँड्छौ ? घुम्न कहाँ जान्छौ ? मान्छेका जिउज्यान घर न घाट भएका बेला तिमेरू भने घरमा अडिन किन सक्दैनौ ?” समयानुसार उहाँको कुरा बेठीक होइन तर तयारी अवस्थामा पुगेका हामीले निर्णय बदल्न चाहेनौँ ।