ऊर्जामन्त्री भुसालद्वारा कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयको कार्यभार सम्हाले यताको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। आइतबारमन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उनले कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन्। भुसालले २०७८ असार २९ गते पदभार ग्रहण गरेकी थिइन्।