दाङ– दाङमा खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ। शान्तिनगर गाउँपालिका–२ निवासी ५१ वर्षीय बामे विकलाई एक्ले खोलाले बगाउँदा भदौ ३ गते बेपत्ता भएका थिए। खोजतलास गर्दा आज उनको शव फेला परेको दाङका प्रमुख जिल्ला अधिकारी रामबादुर कुम्वाङले जानकारी दिएका छन्। खोला तर्ने क्रममा विक बगेर बेपत्ता भएका थिए।