महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । मंगलबार बिहान घाँस काटी घर फर्कने क्रममा खोला बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १४ वर्षीया कविता बडाल बगेको ठाउँबाट करिब एक किलोमिटर तल मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।