६ हजार नमुना परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष

बाहिरी मुलुकबाट आयात हुने तरकारी तथा फलफूलका ६ हजार नमुना परीक्षण गर्दा ६ वटामा कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुख्य ७ नाकामा विषादी परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष भेटिएको हो ।विभागले आयातित तरकारीमा जीवनाशक विषादीको अवशेष कति छ भनेर विभिन्न सात ठाउँबाट १ कात्तिकदेखि परीक्षण सुरु गरेको थियो । […]

सम्बन्धित सामग्री

आयातित फलफूल तथा तरकारीमा विषादी प्रयोग न्यून

नेपालमा आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा कम देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिकमा विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागले कात्तिक १ देखि सात ठाउँबाट जीवनाशक विषादीको अवशेष परीक्षण सुरु गरेको थियो । एक महिना अवधिमा ६ हजार २ सय २८ नमुना परीक्षण गर्दा जम्मा ६ नमुनामा मात्रै बढी विषादी देखिएको विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन् ।