आयातित फलफूल तथा तरकारीमा विषादी प्रयोग न्यून

नेपालमा आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा कम देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिकमा विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागले कात्तिक १ देखि सात ठाउँबाट जीवनाशक विषादीको अवशेष परीक्षण सुरु गरेको थियो । एक महिना अवधिमा ६ हजार २ सय २८ नमुना परीक्षण गर्दा जम्मा ६ नमुनामा मात्रै बढी विषादी देखिएको विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन् ।

सम्बन्धित सामग्री

उपभोक्ताको भान्सामा विषादीको भारी

आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो […]

भारतबाट विषादीयुक्त तरकारी आउने गरेको खुलासा

भारतबाट  आयात  भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ।  भारतसँग  सीमा  नाकामा  रहेका  सातवटा  विषादी   अवशेष   द्रुत   परीक्षण   प्रयोगशालामा   पछिल्लो   तीन   महिनामा   भारतबाट   आयात   गरिएका  फलफूल  र  तरकारीको  छवटा  नमुनामा  खान नहुने विषादी प्रयोग भएको पाइएको हो।  नेपाल  भित्र्याइएका  १८  हजार  ८२६  वटा  नमुनाको  परीक्षण  ...

भारतबाट ल्याइएको फलफूल  तरकारीमा धेरै विषादी

त्भाररतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण व