सरकारी सेवामा आरक्षणबारे बुझाइ

उपेक्षित वर्गको सरकारी सेवामा सहभागिता रोजगारी र आर्थिक उपार्जनका लागि मात्र नभई सामूहिक पहिचान, प्रतिनिधित्व र आत्मसम्मानका लागि पनि हो  हालै मात्र राष्ट्रिय सामावेशी आयोगले विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन...

सम्बन्धित सामग्री

कैलालीमा सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

सुदूरपश्चिम । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । ‘कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले […]

शनिबार र आइतबार बिदा दिने निर्णयको पोखराका पर्यटन व्यवसायीले गरे स्वागत

पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।होटल संघले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विव

शनिबार र आइतबार बिदा दिने निर्णयकाे पर्यटन व्यवसायीले गरे स्वागत

पोखरा- पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा […]

इन्टरनेट : बालबालिकाको कुलत कि अभिभावकको कुदृष्टि

केही वर्षअघिसम्म छिमेकी काकाले सोध्ने गर्थे, बाबु अझै पत्रकारै छौ कि कहीं काम गर्न थाल्यौ ? खेलाडी र कलाकारलाई पनि यस्तै प्रश्न गरिन्थ्यो । पत्रकार, खेलाडी, कलाकार भनेको आयअर्जन गर्ने पेसा होइन भन्ने बुझाइ थियो । डाक्टर, इन्जिनियर, पाइलटलाई मात्र सम्मानित पेसा मानिन्थ्यो । त्यो नभए सरकारी कर्मचारी त हुनैपर्छ भन्ने थियो ।अहिले पत्रकारिता, चार्टर्ड […]

सरकारी लेखा प्रणाली : तीनओटा ‘सिस्टम’बीच अन्तरआबद्धता

काठमाडौं । सरकारी लेखा प्रणालीमा तीनओटा प्रणालीलाई एकआपसमा आबद्ध गराइएको छ । सरकारको बजेट व्यवस्थापन प्रणाली (एलएमबीआईएस), एकल खाता प्रणाली (टीएसए) र कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली (सिगास)को विवरण दिने प्रणालीलाई सरकारले एकीकृत तथ्यांक तथा विवरण हेर्न सकिनेगरी अन्तरआबद्ध गराएको हो । अर्थ मन्त्रालयका अनुसार हाल सञ्चालित बजेट व्यवस्थापन प्रणाली, एकल खाता प्रणाली र कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली भिन्दाभिन्दै ‘सिस्टम’मा सञ्चालन हुँदै आएका छन् । सरकारले कुनै डेटा लिनुपरे प्रत्येक प्रणाली हेर्नुपथ्यो । अब भने तीनओटा प्रणाली एकआपसमा आबद्ध गराइएकाले यसबाट सही विवरण लिन सहज हुनेछ । तीनओटै प्रणालीमा राखिने विवरण एकीकृत हुने व्यवस्था गरिएको र केही हेरफेर हुनेबित्तिकै अब सहजै रियल टाइममा डेटा हेर्न सकिने अर्थ मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहसचिव धनीराम शर्माले यसको सफल परीक्षणलाई नेपालको सरकारी वित्त प्रणालीमा महŒवपूर्ण उपलब्धिको रूपमा लिइएको बताए । बजेट व्यवस्थापन प्रणाली, एकल खाता प्रणाली र कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली अन्तरआबद्ध भएसँगै सरकारी लेखा प्रणाली व्यवस्थित हुन पुगेको महालेखा नियन्त्रक कार्यालयले बताएको छ । सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले बजेट व्यवस्थापन प्रणाली, एकल खाता प्रणाली र कम्प्युटराइज्ड सरकारी लेखा प्रणालीलाई अन्तरआबद्ध गराएर डेटाहरू एकअर्कामा ‘ट्रन्सफर’ हुन सक्नेगरी प्रणालीको विकास गरिएको जानकारी दिए । उनका अनुसार यसले लेखा प्रणालीलाई व्यवस्थित गर्न सघाउ पुग्नुका साथै सिस्टममा रहने विवरण यथार्थपरक र विश्वसनीय समेत हुनेछ । ‘पहिला एउटा प्रणालीमा हेरफेर हुँदा अर्को प्रणालीबीच अन्तरआबद्धता नहुँदा पुरानै डेटा रहने सम्भावना थियो,’ उनले भने, ‘अब एउटा प्रणालीमा केही हेरफेर हुनेबित्तिकै तीनओटै प्रणालीको सफ्टवेयरले स्वतः अद्यावधिक गर्नेछ,’ उनले भने । यससँगै अब सरकार मातहतका निकायले अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएपछि सीधै कुन निकायमा गयो, कति खर्च भयो भन्ने जस्ता जानकारी सहजै लिन सक्ने उनले बताए । यो प्रणाली कार्यान्वयनमा आएपछि बजेट नियन्त्रण स्वचालित रूपमा हुने र समयको बचतदेखि खर्चिलोपन समेत कम हुने पौडेलको बुझाइ छ । अब मन्त्रालयले कुनै कार्यक्रम संशोधन गर्नुपरेमा सोही प्रणालीबाटै सम्बन्धित निकायहरूसम्म पठाउन सक्ने, प्रणालीबाटै स्वीकृत हुने र अद्यावधिक गरिएका सबै विवरण प्रणालीहरूमा एकै समय देखिने महालेखाले बताएको छ ।

विश्वका उत्कृष्ट १० विद्युतीय सवारी उत्पादक कम्पनी आउलान् ?

ब्रान्ड नै स्थापित नभएका र विश्वसँग कुनै सम्पर्क नभएको कम्पनी आएर अर्थ नरहने सरकारी बुझाइ  अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन उत्पादन तथा एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० कम्पनीलाई नेपालमा उद्योग स्थापना...

सेना र खेलकुद छाडेर ‘गोर्खा ट्वीड्स’

१३ पुस, काठमाडौं । सरकारी जागिरमा मरिहत्ते गर्नेहरुको संख्या अहिले पनि ठूलो छ । केही वर्ष अघिसम्म त जागिर भनेकै सरकारी हो भन्ने बुझाइ थियो । तर, कर्णालीमा जन्मिएका दीपबहादुर शाहीले खाइरहेको सरकारी जागिर छोडिदिए । …

जवाफदेहिताको बुझाइ र अभ्यास

हाम्रो पछौटेपनाको मुख्य समस्या भनेको जवाफदेहिता हो । यसको अर्थ यो बाहेकका अरू कमजोरी नै छैनन् भन्ने होइन । केही कमजोरी त जहाँ पनि हुन्छ किनकि कुनै पनि काम आफैँमा शतप्रतिशत पूर्ण विरलै हुन सक्छ । केही कमजोरीसहित नै भए पनि हामी विकास योजना बनाइरहेकै छौँ । यथेष्ट सरकारी निकाय स्थापना भएकै छन् । अझ भनौँ कतिपय निकाय–संस्थामा त चाहिनेभन्दा बढी नै जनशक्ति रहेको अवस्था छ ।