काठमाडौं। नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनले सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)लाई भेटेका छन्। एकजना विनाविभागीय मन्त्री अब्दुल खानसहित सरकारमा गएको जनमत पार्टीले मंगलबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रचण्डले विश्वासको मत लिएको भोलिपल्ट राजदूत थम्पसनले बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पुगेर राउतसँग वार्ता गरेका हुन्।