उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा, त्रिचन्द्र क्याम्पसमा चुनाव हुन सकेन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा कांग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे ।
काठमाडौं – दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २०७४ सालको आमनिर्वाचनमा संघीय संसदमा एक सिटमा खुम्चिएको थियो। संविधानसभापछि राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गएको थियो। तत्कालीन अध्यक्ष कमल थापाको सत्ता मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा अघिल्लो चुनावमा राप्रपा राष्ट्रिय दलको […]
काठमाडौं । आर्यन सिग्देल राजनीतिलाई लिएर तटस्थ देखिन्छन् । सामाजिक सञ्जाल होस् वा बाहिर पनि उनी यसबारे मौन लाग्छन् । तर यी अभिनेताले यसपटक चाहिं राजनीतिलाई लिएर तटस्थता तोडेका छन् । मंगलबार उनी एक चुनावी सभामा देखिए । बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आकर्षण पोखरेलको पक्षमा […]
काठमाडौं : मुलुकमा संघीयता कार्यान्वयन पछिको दोस्रो स्थानीय तहको चुनावमा मधेशवादी दलहरु खुम्चिएका छन्।मधेशी समुदायका मुद्दालाई राजनीतिक एजेण्डा बोकेका दल विभाजन हुने तथा असन्तुष्ट नेताहरू पार्टी परित्याग गरी अन्य पार्टी प्रवेश गरेका कारण ती दलहरूको प्रभावसमेत खुम्चिन पुगेको छ।गत स्थानीय तहको निर्वाचनमा मधेशी मुद्धा बोकेर मैदान उत्रिएका दलका प्रतिनिधिले मधेशी जनताको भावना अनुसार काम गर्न नसक्दा ती दलहरु प्रति आकर्षण कम भएको राजनीतिज्ञहरू बताउँछन्।यसैगरी पार्टीका स्थानीय रुपमा प्रभावशाली
धरान : लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए। धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चर्चा चल्दै गर्दा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए।पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो। गत वैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै ‘लिड’ गरिरहेका छन्। ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई
लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताएका छन् । शुक्रबार लमजुङको घले गाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए […]
काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन् । उनले एमाले छिट्टै सरकारको नेतृत्वमा फर्किने पनि विश्वास दिलाए । उनले भने,‘अब आउने चुनावमा एमालेले बहुमत प्राप्त गर्छ, हामी अब ५ वर्ष नै ढुक्कले सरकार चलाउँछौं ।’ आज (शुक्रबार) लमजुङको घलेगाउँमा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए । पार्टी निकट प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार साँझ सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुको चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको बताए । ‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई
उत्पादन र उपादकत्व बढाउन केन्द्रित हुनुपर्ने उद्योगी–व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्न थालेको छ ।कुनै राजनीतिक दलभन्दा माथि उठेर व्यावसायिक हकहित र निजी क्षेत्रमैत्री वातावरणका लागि लड्नुपर्ने व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्दै जाँदा यसले नीजिक्षेत्र कमजोर हुने हो कि भन्ने आशंका पनि छ । व्यवसायीको संस्थागत चुनावमा निःस्वार्थ रुपमा व्यवसायको हितका लागि आफ्ना एजेन्डा अगाडि सारेका […]