माओवादीमा फेरि आकर्षण बढेको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए । पार्टी निकट प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार साँझ सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुको चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको बताए । ‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई