एमालेमा ओलीको उत्तराधिकारी खोजी : को बन्दैछ शक्तिशाली महासचिव ?

दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टी नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने निश्चित जस्तै भएपछि एमालेमा धेरैजसो नेता/कार्यकर्ताको ध्यान महासचिवमा केन्द्रित भएको छ ।  यद्यपि, एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ओली ‘प्राधिकार’ एमालेमा रावलको जीत निस्कने सम्भावना नगण्य छ ।  ओली आगामी पाँच वर्ष पार्टी नेतृत्वका लागि आफू अनुकूलको टीम बनाउने योजनामा छन् । त्यसका लागि उनले सर्वसम्मतिको विकल्प रोजेका छन् ।  महाधिवेशनमा निर्वाचनबाट नभई सहमतिबाट नेतृत्व चयन...

सम्बन्धित सामग्री

जनकपुरधाममा महामूर्खको खोजी हुँदै

जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।

‘प्रकृतिः सहअस्तित्वको खोजी’ काे अन्तरसम्बाद

नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।...

‘प्रकृतिः सहअस्तित्वको खोजी’ काे अन्तरसम्बाद

नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृतिः सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।...

दुर्गा पौडेल : गठबन्धनको बलमा दोस्रो जितको खोजी

५ असोज २०२८ मा कपिलवस्तुमा जन्मिएकी दुर्गा पौडेलको स्थायी ठेगाना झिमरुक गाउँपालिका–५ ओखरकोट, प्यूठान हो । नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग २०५७ मा वैवाहिक सम्बन्धमा बाँधिएकी उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । २०४० सालमा अनेरास्ववियु छैटौंबाट राजनीति थालेकी उनले अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेकी छन् । हाल राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष […]

‘चीन कहिल्यै विस्तारवादी गतिविधिमा लाग्दैन’

चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन कहिल्यै पनि आधिपत्यको खोजी र विस्तारवादी गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्।...

असन क्षेत्रका मौलिक संस्कृतिको खोजी

देवी देवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ । पूजामा बस्दा लगाउने मौलिक कपडा पनि सिन्दुराकार जातिले बनाउँथे । शिलाकार थरका नेवार समुदायले ढुङ्गाबाट मूर्ति, चैत्यलगायत मौलिक सांस्कृतिक चीज बीज निर्माण गर्थे । शिलाकार समुदाय पनि अहिले अरू नै पेसा व्यवसायमा आकर्षित भएको उदाय् समाजका महासचिव रजनी ताम्राकारले जानकारी दिइन्।उदाय् समाजमा नेवार समुदायका नौ थर छन् । जसमा सिन्दुराकार, शिलाकार, तुलाधर, स्थ

महासचिव पदका लागि तयार छु : देव गुरुङ

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको नाममा सहमति नभएमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो व्यक्तिको खोजी गर्ने बताए । तेस्रो व्यक्तिको खोजी गर्दा आफूलाई जिम्मेवारी दिएमा तयार रहेको उनको […]

एमालेको महासचिव बन्न ३ जनाको दौड, को कति बलियो ?

नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का जस्तै भएपनि अध्यक्ष पछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशन आउन अब १० दिन मात्रै बाँकी छ । पार्टी विभाजन भएको हुँदैनथ्यो भने यतिबेला कयौँ नेताले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका हुन्थे । तर, विभाजनको पीडाकै बीचमा महाधिवेशन गर्न लागेको एमालेले अध्यक्षमा ओलीलाई दोहोर्याउने निश्चित छ भने बाँकी १४ पदाधिकारीमा को को अटाउँछन् भन्ने चासोको विषय बनेको छ ।२ कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पार्टीको विधानका कारण महासचिवबाट अनिवार्य रुपमा बाहिरिँदैछन् । त्यसैले ओलीले अब महासचिवमा कसलाई ल्याउलान् भन्ने धेरैको चासो छ । लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व पनि छ । शंकर पोखरलेको सम्भावना कति ?महासचिव बन्ने दौडमा रहेका अनुहारमा शंकर पोखरेलको अनुहार पनि एक हो । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दा पढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए । त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै लख काटिएको थियो ।२०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेश सभामा उम्मेद्वार बने । चाहना विपरित उनी प्रदेशमै खुम्चिन पुगे । यद्यपी, उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा लगिएको थियो । माओवादी केन्द्रसँगको गठबन्धन पनि भएकाले सहजै निर्वाचन जितेका उनी मुख्यमन्त्री पनि बने । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका थिए । त्यतिबेला २ जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित बन्न पुगेको थियो ।एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा परे भन्ने कोणबाट आँकलन पनि भयो । तर, उनी प्रदेशमा खुम्चिएनन् ।नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनको दौडधूप बढी नै रह्यो । उनले आफ्नो सक्रियता सधैँ पार्टीको केन्द्रमा नै देखाए ।यति मात्रै नभई शंकर पोखरेलले बोलेका केही कुराहरुले उनको दूरदर्शितालाई पनि पुष्टि गरेको छ । जस्तो की, उनले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए । छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो । शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् ।पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबज प्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई नै सहयोग गर्ने निश्चित छ । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्न सक्ने सम्भावना प्रवल छ ।‘पास’ भईसकेका विष्णु पौडेलले फेरी परीक्षा देलान् ?विष्णु पौडेल नेकपा कालमा महासचिव चलाईसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे । एमालेका महासचिव इश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । इश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारे ।विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने ।नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमीकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरी जस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘हलगोरु’ नै भएको बताए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।नेपालकै ठूलो, २ तिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर उत्तीर्ण भएका विष्णु पौडेल एमाले महासचिवको प्रवल दाबेदार हुन् । तेस्रो प्रयासमा सुरेन्द्र पाण्डेमाधब कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिँदै आए । विभाजन नै भएपछि उनी नेता नेपालसँग नगई एमालेमै बसे । पाण्डे एमालेको महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे नेकपा कालमा प्राचण्ड–नेपाल समूहको महासचिव झण्डैले घोषणा भएका थिए । पछि एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा भूमीका निर्वाह गरे । महासचिवकै हैसियतमा उनले केही कार्यक्रम पनि चलाए ।यसरी झण्डै २ पटक महासचिव बनेका पाण्डे अहिले ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । उनले अध्यक्षमा ओली सर्वसम्मत हुनुपर्ने धारणा राख्दै आएका छन् । ओलीलाई चिढ्याएर नभई साथमै लागे मात्रै भूमीका पाईन्छ भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ ।हुन त, एमाले विभाजनको संघारमै पुगेको समयमा पनि उनले फुटलाई रोक्न अन्तिमसम्म प्रयास गरेकै हुन् । नेपाल–खनाल पक्षका कार्यक्रममा उनी अन्तिम समयमा निष्क्रिय जस्तै बने । यति मात्रै नभई, काँग्रेससँग मिलेर माओवादी र एमालेको तत्कालिन माधब नेपाल पक्षले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी भेलामा सहभागी भएनन् । बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रममा उनी पक्षमा मत दिनुपर्छ भन्ने लाइनमा थिए । तर, माधब नेपाल नमानेपछि उनी अनुपस्थित भए । यसरी आन्तरिक संघर्ष भएपनि पार्टी विभाजन रोक्नुपर्छ भन्ने लाइनमा पहिल्यैदेखि सक्रिय भएकाले उनलाई महासचिव बनाउँदा न्याय नै हुने एमाले वृत्तमा चर्चा छ । उनले पनि महासचिव भन्दा तल आफ्नो ‘पोजिशन’ नहुने बताईसकेका छन् । पाण्डेकै गृह जिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी पनि उनैलाई दिएको छ । यसले पनि पाण्डे ओलीको छत्रछायाँमार्फत महासचिव बन्न सक्ने अनुमान हुन थालेको छ ।यदि, पाण्डे महासचिव बनाईए भने विभाजन अस्वीकार गर्ने नेताहरुलाई एमालेभित्र विभेद छैन भन्ने दाबी ओलीले गर्न पाउनेछन् ।

एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन

१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छ । सहभागी महाधिवेशन प्रतिनिधिहरू व्यस्त छन् । कारण- शुक्रबार प्रस्तुत अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी दस्तावेज माथि शनिबार समूहगत छलफलको निष्कर्ष प्रस्तुति गर्ने काम भयो । शुक्रबार अध्यक्ष […]

'विप्लव' को भेटवार्ता - वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाण्डाै – खुला राजनीतिमा आएपछि पनि झन्डै पाँच महिनासम्म ‘गुमनाम’ बन्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पार्नुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । पछिल्ला एक हप्ताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, नेकपा एमाल...