काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।
आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । पहिलो पटक अन्तर प्रदेश पोखरा-नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयर