प्रदेश नं.१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले सोमबार आह्वान गरेको आम हडतालले यहाँको जनजीवन प्रभावित बनेको छ । धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले विशेषगरी यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् ।