काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा ‘संविधान अनुसार नियुक्त गरिएको’ उल्लेख गरे पनि आज भने सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसला अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको छ । देउवाको सपथ बेलुकी ६ बजे हुनेछ । देउवासँगै केही मन्त्रीहरुको पनि शपथको तयारी रहेको छ ।
कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस ...