चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य सुुरु भएको छ । पुनःमतदान भएपछि चङ्खेली गाउँपालिका–२ को महादेब मावि मतदान केन्द्रमा विहीबार विहानै देखि मतगणना कार्य सुुरु भएकोे निर्वाचन अधिकृत हेमकुुमार ढकालले जानकारी दिनुुभयो ।
दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो। दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।
धनगढी- बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मतगणना स्थगित भएको छ। हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना स्थगित भएको हाे। प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मतगणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।
महेश कार्की बाजुरा । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ । आज (शुक्रबार) बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य स्थगित भएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना स्थगित गरिएकाे हो।
धरान । सुनसरी क्षेत्र नम्बर- ४ को मतगणना स्थगित भएको छ । मतगनणमा ६०० मत गडबड गरिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना स्थगित गर्न आग्र गरेपछि गनणा स्थगित गरिएको छ । मतगणना भैरहेको अवस्थामा रिपोटिङमा त्रुटि भएको भन्दै मन्त्री कार्कीले सर्वदलिय बैठक बस्न आग्रह गरेपछि मत गनणा स्थगित गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]
७ मंसिर, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर १ मा गए रातिदेखि नै मतगणना स्थगित भएको हो भने क्षेत्र नम्बर २ मा बुधबार दिउँसो करिब साढे तीन बजेदेखि स्थगित भएको हो । क्षेत्र नम्बर १ मा कर्मचारीले उम्मेदवारका प्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै विरोधसहित मतगणना रोकिएको हो […]
बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले मेयरमा लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ । वडा नम्बर ११ सवैभन्दा बढी मतदाता भएको ठाउँ हो ।
सिमकोट- हुम्लाकाे चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य आज बिहान ७ बजेबाट सुरु भएको छ। चङ्खेली गाउँपालिका-२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेकाे हाे। पुन: मतदान कार्य सम्पन्न भएपछि स्थगित भएको मतगणना कार्य गरिएकाे निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए। निर्वाचन अधिकृतको कार्यालय पिप्लाङले बिहान ६ बजे नै मतगणना स्थलमा उपस्थिति लागि पत्राचार गरेकाे […]
४ जेठ, गोरखा । पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो । १० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको […]
धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा