तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित हुन नसकेपछि अहिले नेपाल बजेट शून्यताको अवस्थामा रहेको छ । कतिपयले यसलाई बजेट होलिडे पनि भन्ने गरेका छन् । अमेरिकामा यस्तो अवस्थालाई गभर्मेन्ट सटडाउन भन्ने गरिन्छ । बजेट शून्यताको अवस्था सिर्जना भएपछि सरकार र प्रमुख प्रतिपक्ष दुवैको चर्को आलोचना भैरहेको छ । […]