राजनीतिक खिचातानीमा देशको अर्थतन्त्र, आजदेखि ‘बजेट होलिडे’

काठमाडौं : सरकारले समयमै बजेट पास गर्न नसक्दा ‘बजेट होलिडे’ को अवस्था आएको छ। सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक संघर्ष चलिरहेका बेला त्यसकाे प्रत्यक्ष मार देशको बजेटमा परेकाे छ।  एकले अर्कोलाई दोष लगाउँदै उम्कने प्रयास गरिरहेका छन्। सत्ता गठबन्धनका नेताहरु एमालेले संसद अवरोध गरेका कारण बजेट पास गर्न नसकेको बताउछन्। एमालेले  भने  सरकारले बजेटलाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जन