मन्त्री आलेकाे गुनासाे : अर्थमन्त्रीलाई पटक–पटक भन्दा पनि मन्त्रालयकाे बजेट कटाैती भयाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गर्नुभएको छ ।  आज बुधवार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले बजेट कटौती गरिदिँदा कतिपय पालिकासँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई दुःख लागेको प्रतिक्रिया दिनुभयो । उहाँले बजेटको आकार नौ दशमलव आठ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो म...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका अर्थमन्त्रीलाई प्रश्न– बजेट जनताका लागि ल्याउनुभयो कि आफ्नै लागि ?

काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाहीले प्रदेशका जनतामा आशा सञ्चार गर्ने गरी बजेट ल्याएको दाबी गरेका छन् । ‘प्रदेशको बजेट अर्थमन्त्रीले आफ्ना लागि ल्याउने होइन, प्रदेशको प्रगतिका लागि ल्याउने हो । सुदूरपश्चिम प्रदेशको बजेटमा नयाँ डिपार्चर छ । जनतामा आशा सञ्चार गरेको छ । बजेट वडा, पालिका हुँदै […]

बजेट घोषणा अनुसार नै तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती […]

बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन

२३ साउन, काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको […]

मेरो मागलाई मन्त्रिपरिषद्ले पनि चासो दिएनः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले  बजेट बढाउने आफ्नो मागलाई मन्त्रीपरिषद्ले समेत चासो नदिएको आरोप लगाएका छन् । आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरे ।उनले बारम्बार मन्त्रिपरिषद्को बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाई नभएको

‘मन्त्री ज्यूले पनि १७ खर्बबाट बजेट बढाउनु हुँदैन भन्नु भएको थियो, तर...’

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट संसदमा प्रस्तुत गरेपछि हरेक क्षेत्रले आ–आफ्नै बहस गरिरहेका छन् । जेठ १८ गते अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघले बैंक तथा वित्तीय संस्था परिसंघसँग मिलेर ‘पोस्ट बजेट डिस्कशन’ कार्यक्रम आयोजना गरेको थियो ।उक्त दिन अर्थमन्त्री पनि उपस्थित हुने कार्यक्रम तय भएको थियो । तर, राष्ट्रिय सभामा बजेट माथिकै छलफलमा भाग लिनुपर्ने भएकाले अर्थमन्त्री शर्मा उक्त कार्यक्रममा समयमै सहभागी भएनन् । उद्यपी अन्तिम समयमा सहभागी भएर बजेट सबै क्षेत्रसँगको छलफलबाट ल्याईएको र कार्यान्वयन गर्न सहयोगको अपिल गरे ।अर्थमन्त्री भन्दा अगाडी नै कार्यक्रममा पुगिसकेका थिए अर्थसचिव मधु मरासिनी । अर्थमन्त्री उक्त कार्यक्रममा पुग्नुभन्दा अगाडी नै सचिव मरासिनी आफ्ना कुरा राखेर बाहिरिएका थिए ।‘१७ खर्बबाट बढाउन मन्त्री ज्यू तयार हुनुहुन्नथ्यो, तर..’कार्यक्रमको सुरुमा अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले क्षमताभन्दा निकै बाहिर गएर बजेट ल्याईएको भन्दै आलोचना सुरु गरे । नेपाल आर्थिक संघका अध्यक्षसमेत रहेका प्रा.डा. प्याकुरेलले प्रतिव्यक्ति आय १३ सय ८१ डलरलाई मात्रै आधार मानेर बजेट आएको टिप्पणी गरे ।‘बजेटको आकार कुनैपनि हालतमा यति हुनै सक्दैन, अहिलेको अवस्थामा नेपालमा बजेटको आकार १६ खर्बभन्दा माथि केही गरेपनि हुँदैन’ उनले भने, ‘मैले केही पत्रकारहरुलाई भनेको पनि थिएँ, तेरो टाउको काट्छु यसो नभन् भनेर मलाई कसैले भन्छ भने पनि नेपालको हालको बजेटको आकार १६ खर्बमाथि हुनै सक्दैन । तर, यसो जाने बुझेको कुरा भनेर सहयोग गर्दा पनि यहाँ त क्षमताभन्दा २ खर्ब बढी आकारको बजेट ल्याईयो ।’अर्थविद् प्रा.डा. प्याकुरेलको यो कुराको खण्डन गर्दै आफ्नो मन्तव्यका क्रममा अर्थसचिव मरासिनीले बजेट भनेको ‘पोलिटिकल इकोनोमिक स्टेटमेन्ट’ भएकाले बजेटको आकार बढी नै भएको स्वीकार गरिदिए ।‘पोलिटिकल इकोनोमिक स्टेटमेन्ट हो बजेट भनेको, तैपनि सकेसम्म अनुशासनभित्रै रहेर हामीले बजेट बनाएका छौँ’ उनले भनिहाले, ‘मन्त्री ज्यू पनि १७ खर्बबाट बढाउन हुँदैन भन्ने पक्षमै हुनुहुन्थ्यो तर, सकिएन, यद्यपी अनुशासनको दायरा तोडेका छैनौँ भन्ने लाग्छ ।’१७ खर्बबाट बजेट बढाउन कसरी बाध्य भए मन्त्री ?सचिव मरासिनीले भनेजस्तो अर्थमन्त्री शर्मा १७ खर्बबाट बजेट बढाउन हुँदैन भन्ने पक्षमा हुँदाहुँदै कसको दबाबमा बजेटको आकार बढाउन उनी बाध्य भए ? यसको उत्तर सचिव मरासिनीले कुटनीतिक तरिकाबाट ‘बजेट भनेको राजनीतिक आर्थिक दस्तावेज’ हो भनेर घुमाउरो गरी दिए ।सत्ता साझेदार दलका नेताहरु ‘गठबन्धन सरकार’ भएकाले सबैका कुरा सुन्नुपर्ने दायित्व अर्थमन्त्रीलाई हुने र सोही अनुसार केही मसिना योजना पनि थपिँदा बजेटको आकार सोचेभन्दा बढी हुन गएको बताउँछन् । नेपाल आर्थिक संघकै ‘प्रि बजेट डिस्कशन’मा अर्थमन्त्री शर्मा स्वयंले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित नेकपा एसका अध्यक्ष माधब नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग राय लिएको बताएका थिए । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रका लागि ‘जनमत तान्न’ केही योजनाहरु देखाएको अनौपचारिक खुलासा अर्थमन्त्रीले त्यतिबेला नै गरेका थिए । सोही कारण बजेटको आकार बढ्न गएको हुन सक्ने अनुमान गरिएको छ ।तर, अर्थमन्त्री शर्माले भने यस विषयमा केही बोलेका छैनन् ।

अर्थमन्त्रीलाई प्रेम आलेकाे प्रश्न– २६ करोड रुपैयाँमा निजगढ विमानस्थल बन्छ ?

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिनुभएको छ ।  आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यfस गर्दै मन्त्री आलेले सरकारले आउँदाे आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यावहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिनुभएको हो । उहाँले २६ करोड रुपैयाँ बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने बताउनुभयो ।  मन्त्री आलेले विमान...

अर्थमन्त्रीलाई मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस्

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन्। आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचनको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका हुन्। उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमान नबन्ने बताए। केही मन्त्री

अर्थमन्त्रीलाई बजेट भाषण गर्न नदिन रोस्ट्रममा जान खोजे एमाले सांसद

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन् । पूर्ववर्ती सरकारले ल्याएको बजेट प्रतिस्थापनका लागि मन्त्री शर्माले संसदमा विनियोजन विधेयक पेश गरेका हुन् । अर्थमन्त्रीले पूरक बजेट पेश गरिरहेको समयमा एमाले सांसदहरू त्यसलाई रोक्नका लागि रोस्ट्रममा जाने प्रयास गरेका थिए ।  यसअघि बसेको बैठकमा एमालेको नाराबाजीका बीच संसद्ले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।