स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: ओमिक्रोनबाट ४० प्रतिशतसम्म नागरिक संक्रमित हुन सक्छन्
मन्त्रालय उच्च स्रोतले भन्यो, ‘ओमिक्रोन यही दरमा बढ्यो भने ४० प्रतिशत नागरिक संक्रमति हुन सक्छन् । सोही अनुसार योजना बनाउने काम भइरहेको छ । समुदायमा संक्रमण रोक्न सकियो भने योभन्दा कम पनि हुनसक्छ ।’
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वमा वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् ।
संक्रमित जनावरबाट फैलिने रेबिज विरुद्ध खोप …
बेइजिङ । देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५०
सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या तीव्र गतिमा बढेपनि महामारीको तेस्रो लहर सुरु भएको स्वीकार गरेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ । ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पनि अझै संक्रमितको सङ्ख्या तीव्रगतिमा बढ्न सक्ने बताए । नेपालमा
पुस १४, नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसबाट थप ९ हजार १९५ जना संक्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालययले बुधवार दिएको जानकारी अनुसार विगत २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कुल कोरोना संक्रमित संख्या ३ करोड ४८ लाख ८ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा थप ३०२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७७ हजार २ जना रहेका छन् । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याको शून्य दशमलव २२ प्रतिशत मात्रै रहेको मन्त्रालयले बताएको छ । सक्रिय संक्रमितको यो संख्या सन् २०२० मार्चपछि सबभन्दा कम हो ।
गएको २४ घण्टामा भारतमा ७ हजार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४२ लाख ५१ हजार २९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ४० प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
भारतमा हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा १ अर्ब ४३ करोड १५ लाख ३५ हजार ६४१ भन्दा बढी डोज खोप लगाइएको छ । रासस/ एएनआई
जेठ ९, धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरुसँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित भइरहेका छन् धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ।
कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतवार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् ।
प्रतिष्ठानका कर्मचारीलाई आर्थिक संकट देखाउँदै पदाधिकारीहरु भने आर्थिक अनियमिततामा लागेका छन् । प्रतिष्ठानका उपकुलपति र रजिष्टर्डले कमिशन आउने कामहरुमा आफूखुशी खर्च गर्ने तर कर्मचारीहरुलाई चै संकट देखाउने गरेको कर्मचारीहरु बताउँछन् । केही दिन अघि चिकित्सकहरुले समेत तलब नपाउँदा काम नै रोक्न खोजेका थिए ।
कोभिड अस्पतालमा बिरामीका लागि ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्टाफ नर्सहरुलाई तलब नपाए पनि जबरजस्ती काम गर्न दबाब दिइरहेको छ । उनीहरुले अघिल्लो वर्ष बढेको तलब समेत पाउन सकेका छैनन् भने सरकारले नै दिएको जोखिम भत्ता पनि नपाएको गुनासो गरेका छन् । उनीहरु भन्छन्, ‘५० प्रतिशत मात्रै तलब पाउछ भन्छ तर कोभिडमा ड्युटीचै खटाइरहेको छ ।’
अघिल्लो वर्ष कोरोनाको महामारी देखि नै बढेको तलब हालसम्म नआएको कोभिड अस्पतालमा कार्यरत एक नर्सले बताइन् । उनले भनिन्, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, अहिलेसम्म तलब दिएको छैनन्, पोहोरको पनि कसैले ४० प्रतिशत मात्रै तलब पाएका छन् ।’
प्रतिष्ठानमा आर्थिक संकटमा छ भन्दै फर्काउने गरेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘प्रतिष्ठानका पदाधिकारीहरुले महीना पुग्ने बित्तिकै तलब लिन्छ,
हामीलाई चै आलटाल गरिरहेका छन् ।’ कोभिड अस्पतालमा ड्युटी गरिरहेका स्टाफ नर्सहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहित बढेको तलब र भत्ता यही महीना भित्र पाउनुपर्ने माग गरेका छन् ।
वैशाख १८, धरान । छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गएपछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ ।
अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवस्था आइरहेको छ ।
प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गएपछि कोभिड अस्पतालहरु तयारी अवस्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुन नदिन अक्सिजन प्लान्ट निर्माण गर्नेतर्फ पनि योजना अघि सारेको छ ।
सोमवार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको तयारीको अवस्थामा बुझ्दै अक्सिजन पर्याप्त मात्रामा राख्न निर्देशन समेत गरेका छन् ।
प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट हुँदा पनि पहिलो चरणको कोरोना संक्रमणको बेलामा कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितहरुको मृत्यु समेत भएको थियो । अहिले भने पूर्णरुपमा धान्न सक्ने अवस्थामा तयारी गरेको प्रतिष्ठानले जानकारी दिएको छ । अघिल्लो वर्षको कोरोना संक्रमणको समयमा कोभिड अस्पताल पूर्णरुपमा तयारी नहुँदा बिरामीहरुले अक्सिजन पाउन नसक्दा आलोचना खेप्नु परेको थियो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामनी पोखरेलका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत क्षमताभन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको उनले बताए ।
उनले भने, ‘अघिल्लो वर्ष ४ ओटा टावलमध्ये दुई ओटा मात्रै सञ्चालनमा थियो, २ ओटा बिग्रिएको थियो, त्यसैले प्राविधिक समस्या भयो, अहिले फुल फेसमा ४ ओटै टावल सञ्चालनमा छन्, त्यसैले कुनै समस्या आउँदैन ।’
प्रतिष्ठानका सबै विभागहरुमा प्रयोग भएको अक्सिजन ४०० देखि ५०० लिटर प्रति मिनेट रहेको छ । खपतभन्दा पनि चार गुणा बढी उत्पादन भएकाले कुनै समस्या नआउने पोखरेलको भनाइ छ ।
उनले भने, ‘पिक आवरमा पनि ४० प्रतिशत मात्रै खपत हुने गरेको छ, कोभिड अस्पतालमा १०० जना बिरामी नै भर्ना भए पनि धान्न सक्ने अवस्थामा रहेको छ ।’ प्रतिष्ठानमा उत्पादन भएको अक्सिजन करीब ४०० देखि ५०० बिरामी भर्ना भए पनि धान्न सक्ने छ ।
कोभिड अस्पतालमा पूरै १०० बेडमै अक्सिजन पाइपलाइन विस्तार गरिसकेको छ । पाइपलाइनमा कुनै समस्या आए विकल्पका लागि सिलिण्डरबाट पनि पाइपलाइनमा जोड्न सकिने व्यवस्था गरिएको छ ।
अहिले स्टक राख्नु पर्ने अवस्था नरहेपनि बिरामीको संख्या बढ्दै गएमा तयारी रहन सिलिण्डर थप गर्ने तयारी गरिएको उनले बताए । उनले भने, उत्पादन क्षमता अधिकतम हो, भोलिका दिनमा सर्टेज हुन सक्ने कुरालाई मध्यनजर गर्दै प्लान्ट थप्ने कि भन्ने कुरा पनि हुँदैछ, तर ठोस निर्णय भएको छैन ।’