काठमाडौँ,१० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्णालीको विकास राज्यकोप्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उनले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट […]