परराष्ट्रमन्त्री डा.नारायण खड्का आज साँझ न्यूयोर्क जाँदै

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदैछन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरु र राष्ट्रसंघका लागि नेपालको स्थायी […]

सम्बन्धित सामग्री

एलिजाबेथको राजकीय अन्त्येष्टिमा सहभागी हुन् परराष्ट्रमन्त्री डा.खड्का लण्डनमा

परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन्।...

एलिजाबेथकाे अत्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का पुगे लन्डन

काठमाडाैँ- परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन पुगेका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए। लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन्। खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर […]

परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लीला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।

परराष्ट्रमन्त्री खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।  एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।  एलिजाबेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो ।  ए

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खड्का साउन २४ गते चीन जान लागेका हुन्। खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई पक्षीय वार्ता हुनेछ। शेरबहादुर देउवा प्रधानमन्त्री बनेयता पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका […]

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौं, २० साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का अर्को साता साउन २४ गते मंगलबार  चीन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खड्काले समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री खड्का मंगलबार टर्की जाने

परराष्ट्रमन्त्री डा.नारायण खड्का मंगलबार टर्की जाने भएका छन् ।  टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । ‘विज्ञहरुको भेलामा सहभागी हुन भोली टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा.खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।  टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जनाए । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनले बताए । फोरम

परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा.नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा.खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का बेलग्रेड प्रस्थान

असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ । परराष