नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत तनहुँमा मुद्दा खेपिरहेका पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीले दुई जनाबीचको प्रेम सम्बन्ध आफूलाई थाहा भएको बयान दिएका छन् । उनले आफू सुरुमा २५ हजार तलब पाउनेगरी शाहको मेनेजर भएको र पछि नाबालिगसँगको सम्बन्ध बाहिरिएपछि सहयोग माग्दै तलब दोब्बर बनाइदिएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलमार्फत अदालतमा दायर भएको अभियोग पत्रमा जोशीले दिएको बयानमा भनिएको छ, ‘मैले पल शाह भन्ने पूर्णबिक्रम शाहसँग मासिक रु २५,००० मासिक तलब लिई मेनेजरको जिम्मेवारी निर्वाह