१०६ अर्ब १० करोड पुनरकर्जा स्वीकृत, १७ हाइड्रोलाई ५ प्रतिशत ब्याज मै ऋण (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आ.व. २०७८÷७९ को माघ मसान्त सम्ममा  १०६ अर्ब १० करोड बराबरको  पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले ग्राहकको मुल्यांकको आधारमा प्रदान गरिने पुनरकर्जा अन्तर्गत ३ अर्ब ५० करोडको विशेष पुनरकर्जा  र १० अर्ब १४ करोड बराबरको साधारण पुनरकर्जा स्वीकृत गरेको छ । यस अन्तर्गत विशेष पुनरकर्जा २० ऋणीको लागि र साधारण पुनरकर्जा ८३ ऋणीको लागि स्वीकृत गरिएको हो ।  त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जाको आकार ९२ अर्ब ४६ करोड रहेको छ । जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ८ अर्ब १० करोड, विशेष पुनरकर्जा ८ अर्ब ७९ करोड र साधारण पुनरकर्जा ७५ अर्ब ५८ करोड रहेको छ ।   जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ९ हजार ४ सय ८६ ऋणीको लागि, विशेष पुनरकर्जा १६ सय ८७ ऋणीको लागि र  साधारण पुनरकर्जा १२ हजार ९ सय ९२ ऋणीको लागि स्वीकृत गरिएको हो ।  विशेष पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने  बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन्। त्यस्तै साधारण  पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन्।  राष्ट्र बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिन्छ।ग्राहक ऋणी अनुसार स्वीकृत गरिएको पुनरकर्जा मध्ये पर्यटन क्षेत्रमा ४९.९७ प्रतिशत अर्थात् ६ अर्ब ८१ करोड स्वीकृत भएको हो । त्यस्तै जलविद्युत क्षेत्रमा २३.७६  प्रतिशत अर्थात् ३ अर्ब २४ करोड, उत्पादनमुलक क्षेत्रमा ८.८२ प्रतिशत अर्थात् १ अर्ब २० करोड, शिक्षा क्षेत्रमा ६.२७ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख, अस्पताल क्षेत्रमा ५.०४  प्रतिशत अर्थात् ६८.७० करोड, निर्माण ब्यबसायमा २.४७ प्रतिशत अर्थात् ३३.७५ करोड, खाद्य उत्पादन क्षेत्रमा १.४७ प्रतिशत अर्थात् २० करोड, यातायात क्षेत्रमा १.१२ प्रतिशत अर्थात् १५ करोड २२ लाख ,ब्यापार क्षेत्रमा ०.६८ प्रतिशत अर्थात् ९ करोड ३२ लाख, र कपडा क्षेत्रमा ०.४० प्रतिशत अर्थात् ५ करोड ४७ लाख स्वीकृत भएको छ । ग्राहक ऋणी अनुसार स्वीकृत गरिएको पुनरकर्जा मध्ये सबै भन्दा धेरै प्रदेश ३ मा ५२.२३ प्रतिशत अर्थात् ७ अर्ब १२ करोड स्वीकृत भएको छ । त्यस्तै गण्डकी प्रदेशमा १८.२१ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड स्वीकृत भएको छ । लुम्बिनी प्रदेशमा १३.०२ प्रतिशत, प्रदेश १ मा १२.२०  प्रतिशत, प्रदेश २ मा ३.६१  प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत कर्जा स्वीकृत भएको छ । यी हुन् ग्राहक ऋणी अनुसार पुनरकर्जा स्वीकृत भएका हाइड्रो कम्पनी : घलेम्दी हाइड्रो: २० करोड, रावा इनर्जी डेभलपमेन्ट प्रालि : २० करोडसुरी खोला हाइड्रो: २० करोड, विकास हाइड्रोपावर: २० करोड युनियन हाइड्रो : ९.८७ करोड, युनिक हाइडेल : १६.१३ करोड नेपाल हाइड्रो डेभलपर : २० करोड विन्ध्यवासिनी हाइड्रो: २० करोड सानिमा हाइड्रो: १२.४० करोड अपर हेवा खोला हाइड्रो : २० करोड मन्दाकिनी हाइड्रो : १७.३१ करोड माईखोला हाइड्रो : २० करोड सुपर माई हाइड्रो : २० करोड अविरल हाइड्रो : १४ करोड ८ लाख थ्री स्टार हाइड्रो : २० करोड आँखुखोला हाइड्रो : २० करोड याम्बालिंग हाइड्रो : १९ करोड ५० लाख सबै ऋणीको सुची हेर्न यहाँ क्लिक गर्नु होला 

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत १२ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो […]

‘महापुरुष’ ले १० करोड कमाएको खुसीमा काटियो केक

कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय गरेको खुसीको निर्माण युनिटले सबैमाझ खुसी बाँडेको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सफलताको खुसीमा केक  काटेको हो । ‘फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । यो सबैको मायाको कारण सम्भव भएको हो’ निर्देशक भट्टराईले भने, ‘यो खुसी सबैमाझ

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्योट

बारा – डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्योट गरेको छ। करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्योट गरेको हो। १६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र ईलाका वन कार्यालयहरुमा रहेका काठहरु समय मैं लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरुको मात्रै […]

राष्ट्र बैंकले साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भन

जम्मु कश्मिरमा १० करोड लगानी सम्झौता

जम्मु कश्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता गरेको छ । जम्मु कश्मिरमा होटल तथा व्यापारिक र निजि आवास कम्प्लेक्सहरु निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा...

विश्वभर चिनियाँ कम्पनी ‘रियलमी’को १० करोड स्मार्टफोन

काठमाडौं। रियलमी कम्पनीको स्मार्टफोन विश्वमा १० करोड युनिट बिक्री भएको छ। यो अहिलेसम्म विश्वमा बिक्री भएको सबैभन्दा धेरै स्मार्टफोन हो। कोभिड–१९ महामारीका बाबजुद रियलमीको स्मार्टफोनले बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको हो। सन् २०२० र २१ मा पनि रियलमीले आफ्नो बजार आक्रमक रुपमा विस्तार गर्‍यो। फल स्वरुपः सबैभन्दा धेरै १० करोड वटा स्मार्टफोन बिक्री गर्न सफल भएको हो।

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने

एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो । सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ […]

सय दिनमा १० करोड खोप

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड)...