काठमाडौं । देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसैले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ। तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ६ गते (मंगलबार) दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]