मुस्ताङको टुक्चे पिकमा हिमपहिरो : खोँच नभएको भए ठूलो मानवीय क्षति हुन्थ्यो

काठमाडौँ– मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खोँच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहेका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले भने। उक्त खोँचमा अहिले हिउँको पहाड आएर अड्किएको र […]

सम्बन्धित सामग्री

फ्रान्सेली आल्प्समा हिमपहिरो : चार जनाको मृत्यु

एजेन्सी । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ। आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको र त्यसले मानवीय क्षति पुर्याएको मन्त्रीले जानकारी दिएका छन्। उद्धारकर्मीहरूले उद्धारकार्यलाई तीव्रता दिएको पनि उनले ट्वीट गरेका छन्।

मनास्लुमा फेरि हिमपहिरो (भिडियोसहित)

काठमाडौं । मनास्लु हिमालमा फेरि हिमपहिरो खसेको छ । तर, कुनै मानवीय क्षति भएको छैन । आज बिहान करिब ९ बजेतिर हिमपहिरो खसेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित पहिलो बेसक्याम्पमा हिमपहिरो खसेको हो । हिमपहिरोले त्यहाँका केही टेन्टमा क्षति पुगेको उनले...

मनास्लु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिमपहिरो गएको […]

मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि […]

मुस्ताङको मानापाथी हिमालकाे हिमपहिरोमा परी १५ चौँरी मरे

काठमाडौँ – मुस्ताङमा गएको हिमपहिरोमा परी कम्तीमा १५ वटा चौँरी मरेका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार शनिबार बिहान गएको हिमपहिरोले मानवीय क्षति भने भएको छैन। ‘चौँरी चरन क्षेत्रमाथिको मानापाथी हिमालमा हिमपहिरो गएको हो’, ढकालले भने, ‘१५ चौँरी मरेको पुष्टि भएको छ। मानवीय क्षति भएको छैन, गोठालाहरु […]

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।...

कोबाङ घटना र हिमताल पग्लने क्रम

गत कात्तिक २८ गते मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको कोबाङ, नाउरीकोट, लार्जुङ र बोक्सीखोला क्षेत्रमा ‘मानापाथी’ नामको हिमालबाट हिउँ पग्लेर हिमपहिरो खस्यो । मानवीय क्षति खासै नभए तापनि सो हिम पहिरोमा परेर १ सय ५० वटा पशु चौपाया (याक र चौंरी) पुरिएर बेपत्ता भएको थियो । साथै सो हिमपहिरोले लागेर स्थानीय अमरसिंह माविका शिक्षक तथा विद्यार्थी […]

हिमपहिरो : सय वर्षमा ३७२ जनाले ज्यान गुमाए

२९ कात्तिक, काठमाडौं । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोबाङमा हिमपहिरो गयो । मानापाथी हिमालबाट खसेको हिमपहिरोमा कुनै मानवीय क्षति नभए पनि जंगलमा चराउन लगिएका १५० याक र नाक हिमपहिरोका कारण बेपत्ता भएको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष नरप्रसाद हिराचन बताउँछन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरीकोटको शिरमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । हिमपहिरोपछि भागदौड […]

मुस्ताङ हिमपहिरो उद्धारमा खटिएकाहरुको अनुभव

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार बिहान अप्रत्याशित रुमपा भीषण हिउँपहिरो खसेपछि मानवीय क्षति रोक्न आइतबार दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय भए । सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा पुगेर मानवीय क्षति रोक्न दिनभर नै खटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । पहिलो काम …

मुस्ताङमा हिमपहिरो

काठमाडौं, २८ कात्तिक । मुस्ताङमा डरलाग्दो हिमपहिरो गएको छ । थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएको हो । एक्कासी हिमपहिरो आएपछि अमरसिंह माविका विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । त्यसक्रममा ६ जना विद्यार्थी घाइते भएको बुझिएको छ । घाइते विद्यार्थीहरुको उपचार भइरहेको छ । हिमपहिरोका क्रममा हावा बेगले चलेको बुझिएको छ । मानवीय क्षति नभएपनि […]