ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

१७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ । प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट : भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्। मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह

श्रीलंकासँग ओमान ९८ रनमै अलआउट

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् । बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । ओमान यसअघिका दुवै खेल जितेर तालिकाको ...

नेपाल र युएईसँगै ओमान इमर्जिङ कपमा

काठमाडाैँ –  एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएईसँगै ओमान तेस्रो स्थानमा रहँदै इमर्जिङ टिम्स कपका लागि छनोट भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेत र ओमानबीचको तेस्रो स्थानका लागि तय भएको खेल वर्षाले विथोलेसँगै वरियताका आधारमा ओमान तेस्रो हुन सफल भयो। केहि समय खेल भएपनि दिनभरजसो वर्षा भएको खेलमा साँझ केहि समय वर्षा रोकिएसँगै […]

नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो । तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो […]

एसीसी प्रिमियरकपकाे तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा

काठमाण्डाै – एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले ...

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं, जेठ १२ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग […]

तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।मंग

कस्तो तयारी गर्दैछ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली?

काठमाडौँ – आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगिसकेको छ। ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुनेछ। फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र […]

नेपालको ओमान भ्रमणमा देखिएका पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली ओमान भ्रमणमा आइसिसी विश्वकप लिग–२ ओडिआई त्रिकोणात्मक सिरिज खेलेर मंगलबार स्वदेश फर्किसकेको छ । ओमान भ्रमणमा कुल ६ खेल खेलेको नेपालले ४ मा जित र २ मा हार बेहोर्न पुग्यो । विश्वकप लिग–२ मा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा एक एक खेलमा जित निकाल्न […]

ओमान र अमेरिकाविरुद्धको खेल कठिन हुनेछ : कप्तान मल्ल

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकाविरुद्धको खेल निकै कठिन हुने बताएका छन् । टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय […]