सुर्खेतमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापरबाही गरेपछि सुर्खेत प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । सुर्खेतमा केही दिनयता कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण दर पुनः बढेको छ । नागरिकहरुले जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचक्य्राइँ गरेका कारण संक्रमण दर बढ्न थालेको विज्ञहरुको भनाइ छ ।निषेधाज्ञा खुकुलो पारेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरमा मानिसको आवत–जावत बाक्लिएको छ । होटल रेस्टुराँ खुलेका छन् । राजनीतिक दलहरुले पार्