रुकुम पश्चिम – रुकुम पश्चिममा देवरले भाउजुमाथि खुकुरी प्रहार गरेका छन् । जग्गाको अंशबन्डामा विवाद हुँदा त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीय भाउजु दिलसरा बोहरा खड्कामाथि खुकुरी प्रहार गरेका हुन् ।
भाउजुमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतवार राति जग्गाको अंशबन्डाको विषयमा झगडा हुँदा देउकुमारले दिलसरालाई खुकरी प्रहार गरेको बताउनुभयो । घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरे...