विभिन्न ठेक्कामा अर्थले दियो ६३ अर्ब थप स्रोत सहमति, सबैभन्दा धेरै मल खरिदमा

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा अर्थ मन्त्रालयले विभिन्न बहुवर्षीय ठेक्काहरुलाई ६३ अर्ब रुपैयाँ भन्दा बढीको थप स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अुनसार माघ मसान्तसम्म ६३ अर्ब १ करोड रुपैयाँ बराबरको बहुवर्षीय ठेक्कालाई स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […]

सम्बन्धित सामग्री

सरकारसँग ७३ हजार मेट्रिक टन मल मौज्दात, तर किसानले पाएनन्

काठमाण्डाै – मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ । कृषि सामग्री कम्पनीले आयात गर्ने...

प्रांगारिक मल कारखाना खोल्दै गोल्छा समूह, 'रासायनिक मल प्रतिस्थापन गरिने'

काठमाडौं । दर्जनौं उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएको मुलुकको व्यावसायिक घराना गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने भएको छ । युरिया, डीएपीजस्ता रासायनिक मलको उच्चतम प्रयोगका कारण माटोमा भएको उर्वराशक्ति कमजोर बन्दै गएको भन्दै त्यसको प्रतिस्थापनका लागि गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको हो । दिवाकर गोल्छा कोर्पका निर्देशक हितेश गोल्छाले आर्थिक अभियानसँगको कुराकानीमा सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा नेपाली किसानले हरेक वर्ष खेतीपातीको समयमा मलको समस्या झेल्नुपरेको बताए ।  त्यसमाथि रासायनिक मलको उच्चतम प्रयोगबाट माटोको उर्वराशक्ति पनि घट्दै गएकाले त्यसको प्रतिस्थापनका लागि गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको उनले जानकारी दिए । ‘हामीसँग प्रांगारिक मल कारखाना खोल्ने योजना छ । त्यसमा प्राविधिक सहकार्यका लागि भारतका विभिन्न मल उत्पादन गर्ने कम्पनीसँग कुरा भइरहेको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘अबको केही महीनाभित्रै हामीले कारखाना स्थापना गर्ने गरी योजना अघि बढाएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको रासायनिक मल प्रतिस्थापन गर्ने हो ।’  नेपाली किसानका लाागि मलको समस्या अहिले सबैभन्दा जटिल बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा किसानको समस्या समाधान नगरीकन उद्योगीका समस्या पनि समाधान हुन सक्दैनन् भन्ने निष्कर्षमा पुगेर गोल्छा समूहले प्रांगारिक मल कारखाना स्थापनाका लागि सरकारसँग अनुमतिसमेत लिइसकेको उनले बताए । कारखाना कुन ठाउँमा खोल्ने, कति लगानी आवश्यक पर्छ र कति मान्छेले रोजगारी पाउँछन् जस्ता पक्षबारे भने अहिले नै बताउन नसकिने उनको भनाइ छ ।  नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजन धान रोप्ने बेला किसानले वर्षेनि मलको समस्या झेल्दै आएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालमा वर्षमा करीब ७ लाख मेट्रिक टन मल आवश्यक छ । कम प्रयोग गर्दा पनि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने बताइएको छ । तर, नेपालमा मल आयातको अवस्था हेर्ने हो भने कुनै पनि वर्ष ४ लाख २० हजार मेट्रिक टनभन्दा माथि गएको देखिँदैन ।  यस्तो अवस्थामा गोल्छा समूहले खोल्न लागेको मल कारखानाले नेपाली किसानलाई धेरै हदसम्म सहज हुने अपेक्षा गरिएको छ । नेपालमा जब जब मल अभाव चर्किन्छ तब तब मल कारखाना खोल्ने कुराले निकै चर्चा बटुल्ने गर्छ । तर, त्यसतर्फ ठोस काम भने अहिलेसम्म भएको छैन । नेपालमा रासायनिक मल कारखाना खोल्न पहिलोपटक २०४१ सालमै सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि आधा दर्जनभन्दा बढी त्यस्ता अध्ययन भइसकेका छन् । पछिल्लो १ दशकमा सरकारले ल्याएका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कुनै न कुनै रूपमा मल कारखाना खोल्ने विषय अटाउँँदै आएको छ । तर, कहाँ र कसरी खोल्ने भन्ने कुरो टुंगो लाग्न सकेको छैन । मल कारखाना खोल्ने कार्यक्रम अहिले पनि लगानी बोर्डमा थप अध्ययनका क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विकास महाशाखाका सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताएका छन् । कृषि विभागमा राष्ट्रिय किसान आयोगको आयोजनामा भएको नेपालमा रासायनिक मलको उपयोगिता र यसका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

काठमाडौं मल सुन्धारामा केएफसीले खोल्यो नयाँ शाखा

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका- २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्लागसिप स्टोर सञ्चालनमा ल्याएको हो । केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । आउटलेटमा केएफसिका […]

केएफसीको पन्ध्रौं शाखा काठमाडौं मल सुन्धारामा

अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपालले स्टोर सञ्चालनमा ल्याएको हो ।केएफसी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ नयाँ शाखा सञ्चालनसंगै के.एफ.सी.ले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलेब्रेसन मिल लगायतका नयाँ अफर समेत ल्याएको छ ।

अझै किसानले मल पाएनन्

कैलाली, मंसिर १३ । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसे । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ […]

फोहरबाट मल बनाउँदा सबैभन्दा प्रभावकारी

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र दैनिक उत्पादन हुने ६ सय मेट्रिक टन फोहोर आफैँ व्यवस्थापन गर्न खोजिएको र यसका लागि मल बनाउनु सबभन्दा प्रभावकारी उपाय भएको जानकारी दिनुभएको छ । मंगलार कार्यपालिका बैठकमा उहाँले सो कुराको जानकारी दिनुभएको हो । बैठकमा उहाँले भन्नुभयो ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने …

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । उनले भने,‘सबैभन्दा ठुलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले […]

चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

काठमाडौं : नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘संसारमा सबैभन्दा बढी मल उत्पादन गर्ने चीन हो। दोस्रोमा अमेरिका…

संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर

१२ साउन, काठमाडौं । संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइसम्म जान […]