राजनीतिक प्रकृतिका मुद्दा र कैदीबन्दीलाई छुटाउने भन्दै सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिको कार्यालयमा पठाइएको छ । यो अध्यादेशको एकमात्रै उद्देश्य टिकापुर प्रकरणका आरोपी (दोषी) रेशमलाल चौधरी लगायतका कैदी बन्दीलाई छुटाउनु नै रहेको सरकारले प्रष्ट पारिसकेको छ । नवनिर्वाचित संसद्को कार्यकाल सुरु नहुँदै संसद्लाई छलेर ल्याइएको यो अध्यादेश राष्ट्रपतिले सदर गर्छिन् वा पहिले जस्तै होल्ड गरेर राख्ने वा फिर्ता पठाउने काम गर्छिन्, यकिन भइसकेको छैन । यद्यपि टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रे