ओलीलाई रघुजीको प्रश्न : तपाईं आफैँ धेरै काम गरेको दाबी गर्नुहुन्छ, अनि फेरि कसले रोक्यो?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य रघुजी पन्तले केपी ओलीलाई काम गर्न कसले रोकेको भनेर प्रश्न गरेका छन्। काठमाडौंमा आयोजित प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, 'केपी ओलीलाई मेरो केही छैन। तर, उहाँलाई प्रश्न गर्न चाहन्छु। तपाईंले काम गर्न पाएन भन्नुभयो। फेरि अस्ति नारायणहिटी अगाडि उभिएर मैले धेरै काम गरेको छु भन्नुभयो।’केपी ओली नारायणहिटी अगाडि उभिएर ह्वाह्वा रोएको बताए। ‘उहाँले पार्टीभित्र जहिले काममा अवरोध गर्‍यो

सम्बन्धित सामग्री

महिला पत्रकारहरू भन्छन्- चुनौती सामना गर्न आफैँ अघि बढ्नुपर्छ

विराटनगर : नेतृत्वमा महिलालाई कम प्राथमिकतामा नै राखिन्छ।  विभेद र अवसरमा  कम सहभागितासँगै  कतिपय स्थानमा काम गर्न असहज परिस्थितिसमेत पैदा भएको पाइन्छ।तर, पछिल्लो समय महिलाले नै नेतृत्व गरेको संस्था र योजनामा महिला सहभागिता  उल्लेख्य भएको पाइन्छ। तर, नेतृत्वमा पुगेका पत्रकार महिलाहरुलाई अवसरसँगै चुनौती उत्तिकै भएको पाइन्छ।यसै सन्दर्भमा पत्रकार महिलाहरुलाई नेतृत्वमा के –कस्ता चुनौती छन्? नेतृत्व स्थानमा रहेको पत्रकार महिलालाई  सोधेका छौँ।चुनौती सामना गर्न आफैँ अघि ब

कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्ने बताएका छन् । महासमिति बैठकमा बोल्दै थापाले काङ्ग्रेसले आफ्नो धुरी आफै सम्हाल्ने बताउँदै देश सम्हाल्ने जिम्मेवारी हाम्रो हो भनेका हुन् । उनले भने ‘अहिले सरकारमा छौँ । राम्रो काम गर्छौ । ठुला व्यक्तिको नामको सम्पत्ति छानबिन हुन्छ । त्यो कांग्रेसले गर्छ । दाग लागेको […]

फोहर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ।महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहरको समस्या समाधानै नहुने भन्नु गलत रहेको बताएको हो। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएकाले बञ्चरेडाँडामा कुनै पनि फोहरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टर निर्माण गरिसकेको दाबी गरे।उनले फोहरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम

फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ-काठमाडौं महानगर

काठमाडौं-काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ। महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका […]

महिला आयोगले काम गर्न सकेन : महिला मन्त्री

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बना भएको उनको टिप्पणी थियो। शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै गएको अवस्थामा महिला आयोगले काम गर्न नसक्नु दुःखद भएको गुनासो गरिन्।उनले मन्त्रालयमा बजेट अभावले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको पनि स्पष्ट पारिन्। मन्

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे । उनले समयको महत्त्व बुझ्दा हरेक समाज तथा […]

अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी

–पूर्णप्रसाद मिश्र/ कुनै समय राजा महाराजादेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गरी निरोगी र स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहदरबार वैद्यखाना आज आफैँ बिरामीले थला परेको छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको वैद्यखानामा तीन महिनादेखि काम ठप्प छ । काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् र […]

आफैँ अस्तायो इस्माको छानविन समिति

गुल्मी : जिल्लाको इश्मामा कर्मचारीहरुले कार्यालय समयभन्दा बाहिर काम गरी घण्टाको आधारमा प्रोत्साहन भत्ता लिएको विषयमा छानविन गर्न बनेको समिति आफैँ अस्ताएको छ।गत साउन २५ गते गाउँपालिकाले गठन गरेको छानविन समितिले सात महिना बित्न लाग्दासमेत केही छानविन गर्न सकेको छैन।वास्तविक काम गरेको भन्दा धेरै समयको पारिश्रमिक लिएको गुनासो आएपछि छानविन समिति बनेको थियो।गाउँपालिकाको लेखा समितिका संयोजक भोला सिंह थापाको संयोजकत्वमा वडा नम्वर ३ र ४ का वडा अध्यक्षले सहजीकरण गर्ने गरी बनेको समितिले केही पनि काम नगरेको

'चेहरा' भन्दा अघि पनि अमिताभले गरेका थिए नि:शुल्क काम

अभिनेता अमिताभ बच्चन फिल्म चेहराको स्क्रिप्ट पढेपछि यति प्रभावित भए कि उनले तत्कालै फिल्ममा नि:शुल्क काम गर्ने घोषणामात्र गरेनन्, फिल्मका लागि पोल्यान्ड जाँदाको खर्च समेत आफैँ बेहोरे। फिल्म निर्माता आनन्द पण्डितले हालै करको प्रयोजनका लागि फिल्ममा उनको 'फ्रेन्डली अपेरियन्स' शीर्षकमा बिलिङ गरिएको छ। अमिताभ बच्चनले कुनै फिल्ममा नि:शुल्क काम गरेको…

महन्थ आफैँ प्रतिगमनको पक्षमा जानुभयो : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई आफूहरूले ननिकालेको बताएका छन्। पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा पुगेर सनाखत गरेर फर्किएपछि अध्यक्ष यादवले भने, 'उहाँहरू आफैँ प्रतिगमनको पक्षमा जानुभयो। ठूलो ताला लगाएर ढोका बन्द गरेका होइन, न त घोक्रायाएर पठाइका हौँ।' पार्टीमा अनुशासित भएर काम गर्ने सबैलाई ठाउँ दिइने पनि उनले बताए। ५१ सदस्सीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्