काठमाडौं : नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।यस्तै यो बर्ष मात्रै डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९ सय ७५ पुगेको छ। यो संख्या हालसम्मकै धेरै हो। गत साउनबाट बढ्न थालेको डेंगु तीन महिनामा तीव्ररूपमा बढेको थियो। यसवर्ष सुरुमा ललितपुरबा