काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउन देखि हालसम्म ५१ जना डेंगु संक्रमितको मृत्यु भएको छ। यस्तै, डेंगु संक्रमितको संख्या पनि ४२ हजार नाघेको छ। हाल देशभर ४२ हजार ५०४ जना डेंगु संक्रमित रहेका छन। यो वर्ष गत साउन पहिलो हप्तादेखि ललितपुरबाट फैलिएको डेंगु संक्रमण ७७ जिल्लामा पुगिसकेको छ भने डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रूपन्देही, धाद