लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शन