१३ माघ, काठमाडौं। काठमाडौंका कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिएका छन् । नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् । खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए । […]