१७ असार, जनकपुरधाम । मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्यता रहेको बताएका छन् । […]