फोर्ब्स पत्रिकाको धनी फुटबल क्लबको सूचीमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । पछिल्लोपटक दुई वर्षअघि जारी भएको सूचीमा रियल शीर्ष स्थानमा रहेको थियो । तर, ४ अर्ब ७६ करोड डलरसहित यसपटक बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले बृद्धि भएको ...