२९ कात्तिक, काठमाडौं । रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन् । अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । रावलले पार्टी र संगठनको हित विपरीत काम गरेकाले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । रुकुम पूर्वबाट प्रदेश […]