आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक

डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।  यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न गर्न सक्नेछन् ।  सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी...

सम्बन्धित सामग्री

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।  नेपालमा क्यु आर स्क्यान मार्फत...

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय अगाडि सार्वजनिक भएको हाम्रो पेबाट अब नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर स्क्यान गर्न सकिने भएको हो ।  योसँगै नेपालपे क्युआरमा आवद्ध भएका २ लाख बढी व्यवसायहरूमा हाम्रो पेका प्रयोगकर्ताले सजिलै क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् ।  हाम्रो पेको स्क्यान एण्ड पे अप्सनमा गएर...

आईएमई पे र मेरो किरानाबीच छुट दिने सम्झौता

आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एक पटकमा अधिक्तम रु ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरूले महाबचत सेल विकमा […]

आइएमई पे र बिग डिजिटलले ल्याए ट्रिपल वल्र्डकप अफर

आइएमई पे र बिग डिजिटलबीच समझदारी गरिएको छ । समझदारीअनुसार कतारमा जारी विश्वकप फुटबलका रोमाञ्चक खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आईएमई पेबाट गर्दा १ हजार रुपैयाँ छुट पाइनेछ । स्मार्ट क्युआर स्क्यानमार्फत गर्दा १ हजार रुपैयाँ ‘फ्ल्याट’ छुट पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरुले ५ हजार रुपैयाँसम्मको स्क्राच कुपन र फ्री […]

आइएमई पे र बीग डिजिटलबीच सहकार्य

ग्राहकले कतारमा जारी विश्वकप फुटबल खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउनेछन्...

आईएमई पेबाट फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार  क्युआर स्क्यानमा रू. एक लाखसम्म जित्न सकिने छ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।  नेपालको महान...

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।  स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् । स्मार्ट क्युआरबाट गोल्ड स्टारका शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाइने छ ।  नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय...

प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै फोनपे र प्रभु पेबीच सहकार्य भएको हो । योसँगै अब प्रभु पेबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ । सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र प्रभु पेका सीईओ बिक्की शाही हस्ताक्षर गरेका हुन् । अब प्रभु पेका ७ लाख प्रयाेगकर्ताले...

साउनदेखि ‘नमस्ते पे’ सञ्चालनमा आउने

काठमाडौं। आगामी आर्थिक वर्षदेखि नेपाल टेलिकमको ‘नमस्ते पे’ सञ्चालनमा आउने भएको छ। टेलिकम र वाणिज्य बैंकको संयुक्त लगानीमा पे सञ्चालन हुने भएको हो। नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो। नमस्ते पेबाट अनलाइन र अफलाइन दुवै माध्यमबाट कारोबार गर्न सकिन्छ। यसबाट बैंकिङ वालेट र क्युआर तथा सरकारी राजस्वसमेत तिर्न सकिनेछ।