धनगढी – नदीजन्य पदार्थ जिल्लास्तरीय अनुगमन समिति कैलालीको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट नियन्त्रणमा लिएका १९ वटा ढुवानीका साधनलाई जरिवाना गरेर छोडेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली आईतबार तीनवटै नदीको अनुगमनमा पुगेको थियो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको हो। […]