काठमाडौं । लेखक तथा बुद्धिजीवी खगेन्द्र संगौलाले जनता समाजवादी पार्टी (जसपा) ‘दुई तिर बटारिने उपद्रयाहा गोरु जस्तो’ पार्टीको संज्ञा दिनुभएको छ ।
सत्ता समीकरणका लागि प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एक पक्ष र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्को पक्ष नजिकिएको भन्दै संग्रौलाले कटाक्ष गर्नुभएको हो ।
मंगलबार ट्वीट गर्दै लेखक संग्रौलाले भन्नुभएको छ, ‘यो जसपा भन्ने पार्टी नाउँको झुण्ड जुवामा नारिएका तर सियोमा सोझो नहिँडी दुईतिर बटारिने दुई उपद्र्याहा गोरूजस्तो पो देखियो । एउटा गोरू प्रधानमन्त्रीको जुवामा नारिन परक्क ओलीतिर, अर्को गोरू प्रधानमन्त्रीको जुवामा नारिन फरक्क देउवातिर ! हैट्,यस्तो दिशाहीन भाँड पनि पार्टी !’
याे जसपा भन्ने पार्टी नाउँकाे झुण्ड जुवामा नारिएका तर सियाेमा साेझाे नहिँडी दुईतिर बटारिने दुई उपद्र्याहा गाेरूजस्ताे पाे देखियाे।एउटा गाेरू प्रधानमन्त्रीकाे जुवामा नारिन परक्क ओलीतिर,अर्काे गाेरू प्रधानमन्त्रीकाे जुवामा नारिन फरक्क देउवातिर!हैट्,यस्ताे दिशाहीन भाँड पनि पार्टी!
— Khagendra Sangroula (@belakoboli) March 16, 2021
जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम पक्ष प्रचण्ड तथा देउवासँग सत्ता साझेदारीको लागि लालायित देखिन्छ भने महन्थ–राजेन्द्र पक्ष प्रधानमन्त्री ओलीसँग निकट देखिन्छन् । सबै पक्षसँग वार्ता गरिरहेको जसपाले जसले आफ्ना माग पुरा गर्छ उसैसँग सरकारमा जाने बताउँदै आएको छ ।