नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान पोखरा रंगशालामा भएको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा एपीएफकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्।...
वालिङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । नवौंको सातौं तथा अन्तिम दिन अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा २–१ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । एपिएफका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । पुलिसका लागि निरु थापाले गोल फर्काएकी थिइन् […]
तनहुँ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनलमा आर्मीले बाग्मती प्रदेशलाई ४५–३० को अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो । पहिलो र दोस्रो क्वाटमा आर्मीले १०–८ र १४–७ को अग्रता कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट […]
पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालाको एथ्लेटिक्स ट्र्याकमा भएको स्पर्धामा महिला रिलेमा आर्मीले स्वर्ण जितेको छ। टिम इभेन्टमा जित निकालेसँगै जयरानीले आफ्नो स्वर्ण संख्या चार पुर्याएकी छन्। ३ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाएकी उनले बुधबार पोखरा रंगशालामा ४ गुणा १०० मिटरको टिम इभेन्टमा चौथो स्वर्ण हात पारिन्। महिला रिलेमा आर्मीका जयरानी थारु, रमिता थारु, […]
महिला क्रिकेटमा नेपाल पुलिसले डेब्यु गरेको संस्करणमै स्वर्ण पदक जितेको छ । पोखरामा सञ्चालन भइरहेको नवाैँ राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले एपिएफलाई पाँच रनले पराजित गर्दै स्वर्ण जितेको हो । पहिला ब्याटिङ गरेको पुलिसले...
काठमाडौँ– विश्वखेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । यसअघि अमेरिका तीन पटक […]
काठमाडौँ- टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण […]