नेपालगञ्ज : बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ। जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रिया टुंगो नलाग्दा कैदीबन्दीलाई असर परेको छ। अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार जीर्ण अवस्थामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूले सास्ती भोग्नुपरेको हो। ‘जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिदा उनीहरूलाई सास्ती भोग्नु परेको छ। यसका साथै उनीहरूलाई आधारभूत मानवअधिकार उपभोगमा समेत समस्या भएको छ’, उनले भने, &lsq