जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले प्रदर्शन गरेका हुन् ।सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराएका थिए । त्यसको विरुद्धमा ती संगठनहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । राउतविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको छ ।